प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल भएको छ ।

संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधिसभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।