वेटिङ एप वान एक्स वेटको प्रयोग गर्ने दिनेश खड्कामाथि थप अनुसन्धान हुँदै


वेटिङ एप वान एक्स वेटको प्रयोग गर्ने दिनेश खडकामाथि थप अनुसन्धान हुँदै छ । उनले अन्य व्यक्तिको नागरिकता प्रयोग गर्ने गरिएको भन्ने उजुरी परेपछि प्रहरीले उनको थप अनुसन्धान गरिरहेको छ ।

उनले केही व्यक्तिहरुको नागरिकता प्रयोग गरी उनीहरुको मञ्जुरी बिना ४२ वटा खाता खोलेको प्रमाणित भएको छ । खड्काले ती व्यक्तिहरुको नाममा खोलेका विभिन्न ४२ वटा खाताबाट ३१ करोड रुपैयाँभन्दा बढी रकम अन्य व्यक्तिको खातामा पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

खड्का वान एक्स बेट तथा अवैध क्रिप्टोकरेन्सी कारोबारीका मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । उनलाई जेठ ३० गते पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको थियो । उनलाई थप कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।