नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, दुई कम्पनीको सेयर मूल्यमा सर्किट

0
Shares

धितोपत्र बजारमा सेयरकारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.०६ अङ्कले ओरालो लागेर २०४९ दशमलव ३८ अंकमा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ०.५८ अङ्कले ओरालो लागेर ३८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयरमूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार ९८५ कित्ता सेयररू ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ५६ लाख ४२ हजार १२१ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयरहरू १६ करोड ९७ लाख ५२ हजार ६०० रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ३६ लाख ८३ हजार ४२८ रुपैयाँ, सिटी होटल १४ करोड ७३ लाख ६१ हजार ९४५ रुपैयाँ, सोल्टी होटल १० करोड ६९ लाख ९७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी ९.८५, जोशी हाइड्रोपावर ९.३३ प्रतिशत, पिपल्स पावरका लगानकर्ताले ७.६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर ५.६७, सिनर्जी पावर ४.६२, बिपीडब्ल्यू लघुवित्त ४.४० र कालिका पावर कम्पनीका लगानीकर्ताले ३.९२ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।