जानकी फाइनान्सको साधारण सभा साउन १३ मा हुने

0
Shares

जानकी फाइनान्स कम्पनी लिमिटेडले साउन १३ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त दिन बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको हो ।

फाइनान्सको २६ औं वार्षिक साधारण सभाले जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू गाभ्नेरगाभिने वा प्राप्ति गर्नरगराउन उपयुक्त देखिएको अवस्थामा सोसम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

फाइनान्सले गत आर्थिक वर्षबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन २ देखि १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा साउन १ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।