रिभर्स रिपो रेट आधाले घट्यो, अधिक माग भएपछि थप २० अर्ब आउँदै


वित्तीय प्रणालीमा अधिक तरलता भएपछि रिभर्स रिपो रेट पनि आधा भन्दा धेरैले घटेको छ । असार १९ गते ५ प्रतिशत भन्दा माथि रहेको रिभर्स रिपो दर मंलबार साढे २ प्रतिशतमा झरेको हो ।

वित्तीय प्रणालीमा निक्षेप बढेसँगै रिभर्स रिपोको आवेदन पनि यो वर्ष उच्च देखिएको छ । मंगलबार १४ दिन अवधिको २० अर्बको रिभर्स रिपोका लागि ५३ अर्बको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिभर्स रिपोका लागि १८आवेदनकले १५८ वटा आवेदन मार्फत बोल गरेका थिए ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पनि रिभर्स रिपो खरिदका लागि उच्च प्रतिस्पर्धा भएको हो । बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धाले रिभर्स रिपोको रेट पनि आधाले घट्ेको केन्द्रीय बैंकले जनाएको छ । रिभर्स रिपो रेट बढेको खण्डमा तरलताको अवस्था कसिलो रहेको र धेरै प्रतिफलका लागि बैंक वित्तीय संस्थाले लगानी गर्न तयार भएको बुझिन्छ ।

धेरै तरलता भएको अवस्थामा सस्तो दरमा पनि रिभर्स रिपोमा लगानी गर्ने प्रतिस्पर्धा हुने भएकाले रेट झनै घट्न पुग्छ । केन्द्रीय बैंकले रिभर्स रिपोमा थोरै रेट माग गर्नेलाई प्राथमिकतामा राखी खरिद गर्ने गर्छ ।

वित्तीय प्रणालीको अधिक तरलता प्रसोचनका लागि केन्द्रीय बैंकल मंगलबार २० अर्बको रिभर्स रिपो जारी गरेको थियो । उक्त रिपोको लागि बैंक वित्तीय संस्थाले अधिकतम २.९२ र न्यूनतम १.५९ प्रतिशत ब्याज माग गरेका थिए । यसको औसत रेट भने २.५४०९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । यसभन्दा अघि गत असार १९ गतेको रिभर्स रिपोको औसत रेट ५.०५९१ प्रतिशत कायम भएको थियो ।

मंगलबार निष्कास भएको रिभर्स रिपोले वित्तीय प्रणालीको अधिक तरलताको अवस्थामा सुधार नआएपछि केन्द्रीय बैंकले बुधबार पनि १४ दिन अवधिको रिभर्स रिपो निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार २० अर्बको रुपैयाँ वित्तीय प्रणालीबाट खिच्नका लागि रिभर्स रिपा निष्कासन गर्ने जनाएको छ । वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन नहुँदा ब्याजदरमा असर पर्ने जोखिम बढेपछि केन्द्रीय बैंकले बुधबार पनि रिभर्स रिपो जारी गर्ने भएको हो ।

सरकारी खर्च बढेसँगै बैंक वित्तीय संस्थाको निक्षेपमा पनि उल्लेख्य सुधार भएको छ । असार महिनाको पछिल्लो २४ दिनमा वित्तीय प्रणालीमा १४६ अर्ब निक्षेप थपिएको छ । यसले गर्दा पनि वत्तीय प्रणालीमा अधिक तरलताको अवस्था आएको हो ।

चालु आवको अन्तिम महिनामा बैंकहरुमा १४६ अर्ब निक्षेप थप, कर्जा लगानी क्षमता ५ खर्ब

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।