नाडा अटो शो २०२३ भदौमा हुने


नाडा अटो शो २०२३ भदौमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गर्ने शोको स्टल बुकिङ खुला गरिएको छ । नाडा अटो शो २०२३ भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुने भएको हो ।

कोरोनाको कारणले सन् २०२० र २०२१ मा नाडा अटो शो भएको थिएन । सन् २०२२ मा ईभी एक्स्पो भएको थियो । नाडा अटो शो २०२३ मा विद्युतीयलगायतका ४ पांग्रे, ३ पांग्रे तथा २ पांग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर ट्युव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको समेत प्रदर्शनमा हुने नाडाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।