सिटी एक्सप्रेस मनी ट्रान्सफर १७ औं वर्षमा, जितु नेपाल बने ब्राण्ड एम्बेसडर


सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गतेदेखि १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । १७ औ वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बेसडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ ।

जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा “रक्तदान गर्नुहोस् , जीवन दान पाउनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान गरिएको कम्पनीले जनाएको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।