सशस्त्र प्रहरी बलले माग्यो ९३२ जनाको दरखास्त (सूचनासहित)


सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले ९३२ जना कर्मचारी माग गरेको छ । कार्यालयले शसस्त्र प्रहरी जवान पदको लागी ९३२ जनाको दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले आज असार २९ गतेदेखि साउन २८ गतेभित्र आवेदन दिनु पर्ने छ । दोब्बर दस्तुरमा भने साउन २८ गतेदेखि भदौ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रहरी जवान पदको लागी ८ कक्षा पास भएको प्रमाणपत्र भए हुनेछ । भदौ ११ गते परिक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ ।आदिवासी\जनजातिका लागि नेपाल आदिवासी\जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी\जनजाति भनी प्रमाणित भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

  मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाणपत्रको चाहिने जनाएको छ ।

यसैगरी दलितका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि एक प्रति तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित पत्रको प्रतिलिपि चाहिने कार्यालयले जनाएको छ ।

यता पिछडिएका क्षेत्रका लागि अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोवास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउपालिका वा नगरपालिकाबाट दरखास्त बुझाउँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारिस गरिएको पत्रको सक्कल प्रति चाहिने सूचनामा जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।