रेडियो नेपालमा ३८ जनाको दरखास्त आह्वान (सूचनासहित)


रेडियो नेपालले विभिन्न क्षेत्रमा ३८ जना कर्मचारी माग गरेको छ । रेडियो नेपालले शुक्रवार प्रकाशित सूचनामा इन्जिनियरदेखि कार्यक्रम सहायकसम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि कर्मचारीको माग गरेको हो ।

रेडियो नेपालले परिक्षा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लागेको हो । रेडियो प्रसार सेवा समितिले केन्द्रीय कार्यालय तथा विभिन्न क्षेत्री प्रसारण केन्द्र र ट्रान्समिटिङ्ग स्टेशनहरुमा पदपूर्तिको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मिति असार २९ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिने छ भने ढिलोमा एकसाताभित्र दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।