प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरू, चुक्ता पुँजी ४२९ करोड कायम

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको सुरू भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले एक समारोबीच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबारको सुरू गरेका हुन् ।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र्पुयाउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि। बीच मर्जरको लागि सम्झौता भएको थियो ।

वि.सं. २०८० जेष्ठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ–नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाकोबीच कारोबार गर्ने आशा व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफको नव गठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टीम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरेका सञ्चालक उमेशलाल श्रेष्ठले बीमा बजार झन झन प्रतिस्प्रर्धी हुँदै गइरहेको बताए । मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको उनको भनाइ थिये । उनले बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गरे ।

कार्यक्रमको उद्घोषण वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले गरेका थिए । नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रूपैयाँ पुगेको छ भने कर्मचारी संख्या ४४२ कायम हुँदा शाखा उपशाखा ११५ कायम भएको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।