आईएमई लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

0
Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा असार २८ गते आइतबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

विसं २०७४ असार असार २० मा नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमाको कार्य गर्ने ईजाजतपत्र गरी कम्पनीले २०७४ साउन १ गतेदेखि बीमा व्यवसायको कार्य सञ्चालन गर्दै आएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब तथा जारी तथा चुक्ता पुँजी ४ अर्ब रहेको छ । नेपालभर १४० वटा शाखा–उपशाखा कार्यालय रहेको यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको सेयरमध्ये हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड समेत गरि सकिएको छ ।

यस्तै कम्पनीले २०८० असार २१ गतेदेखि मिति २०८० असार २५ गतेसम्म सर्वसाधारणको लागि सेयरको निष्काशन तथा बिक्री खुला गरी असार ३० गते शनिबार बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ९ लाख ६० हजारले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैयमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । साथै सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको एवं कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रकम ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यस अवधिसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा र प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।