बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरु घोषणा


बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरु घोषणा गरिएको छ। विसं २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२ का अवसरमा सञ्चालन गरिएको अफरको विजेताहरुको घोषणा गरिएको हो ।

बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरु जितेका छन् । लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड टीभीको बम्पर पुरस्कार जितेका छन् ।

साथै बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसुङ ३४५ लिटर रेफ्रिजेरेटर प्राप्त गरेका छन् । अन्य पुरस्कारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसुङ ७.२ केजी वासिङ मेसिन २० वटा सामसुङ ए–३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाचहरु प्राप्त गरेका छन् ।

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५ सय घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गत वर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ ।

डिजिटल प्रतियोगिताका विजेताहरुको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध छन् । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि नेपालमा सन् २ हजारदेखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो । जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।