युनिलिभरको सेयर मूल्य हालसम्मकै उच्च

0
Shares

युनिलिभर नेपाल लिमिटेडको सेयर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । असार ३ गते बुधबार कम्पनीको सेयर कारोबार भएको एक घण्टा अवधिमा ८.८२ प्रतिशत अर्थात ३ हजार २०० रुपैयाँले बढेकाे छ ।

बुधबार न्यूनतम मूलय ३६ हजार १६१ रुपैयाँ १० पैसामा कारोबार भएकोमा बढेर  ३९ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार एक घण्टा अवधिमा कम्पनीको ३०० कित्ता सेयर कारोबारमा आएको छ । कम्पनीको सेयर अधिकतम ३९ हजार ९३० रुपैयँसम्म कारोबार भएको हो ।

कम्पनीको नेप्सेमा ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ । कम्पनीले गत आवमा अधिकृत तथा जारी पुँजी वृद्दि गरेसँगै यस वर्ष बोनस आउने आशाले कम्पनीको सेयर मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

युनिलिभर नेपाल लिमिटेड सेयरमूल्यको हिसाबले नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी हो । मंगलबार क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । युनिलिभरको सेयर मूल्य मंगलबार प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ । मंगलबार एकैदिन ८.३९ प्रतिशत अर्थात २ हजार ८११ रुपैयाँले बढेको हो । जुन क्लोजिङ भाउ हालसम्मकै उच्च हो । मंगलबार कम्पनीाके ८१६ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो । युनिलिभरको सेयर मूल्यले गत जुन १३ तारिकमा इन्ट्रा डे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो । ५१ हप्ताको न्यूनतम मूलय १६ हजार ५५६ रुपैयाँ ७० पैसा थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।