चालु आर्थिक वर्ष २०८०-८१ को एघार महीनामा २१ वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
अघिल्लो आवको सोही अवधिमा २७ वाणिज्य बैंकहरुले ६६ अर्ब ७ करोड ७० लाख रुपैयाँ कुल नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा बैंकहरुको नाफा १ अर्ब १५ करोड ४५ लाख रुपैयाँ अर्थात १.७५ प्रतिशतले बढेको हो । यसबीचमा विभिन्न ६ वाणिज्य बैंक अर्को वाणिज्य बैंकमा विलय भएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विसं २०७९ साउनदेखि २०८० जेठ मसान्तसम्मको एघार महीना अवधिमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले सर्वाधिक नाफा वृद्धि गरेको छ ।
बैशाखको तुलनामा वाणिज्य बैंकहरुको नाफा १७.५९ प्रतिशत अर्थात १० अर्ब ५ करोड ८८ लाख रुपैयाँले बढेको हो । गत बैशाख मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
यस्तो छ आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले गरेको नाफा विवरण
१. नबिल बैंकः ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ
२. ग्लोबल आइएमई बैंकः ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ
३. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि): ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ
४. एनआईसी एशिया बैंकः ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ
५. राष्ट्रिय वाणिज्य बैंकः ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ
६. एनएमबि बैंकः ३ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ
७. हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ
८. प्राइम कमर्सियल बैंकः ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ
९. स्ट्याण्डर्ड चार्टर्ड बैंकः ३ अर्ब ११ करोड ३९ लाख रुपैयाँ
१०. नेपाल बैंकः ३ अर्ब ७ करोड ६२ लाख रुपैयाँ
११. एभरेष्ट बैंकः ३ अर्ब ६ करोड ६२ लाख रुपैयाँ
१२. कुमारी बैंकः २ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ
१३. प्रभु बैंकः २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ
१४. सानिमा बैंकः २ अर्ब २५ करोड ८७ लाख रुपैयाँ
१५. सिद्धार्थ बैंकः २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ
१६. नेपाल एसबिआई बैंकः २ अर्ब ९ करोड १७ लाख रुपैयाँ
१७. लक्ष्मी बैंकः १ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ
१८. माछापुच्छ्रे बैंकः १ अर्ब ६८ करोड ११ लाख रुपैयाँ
१९. सिटिजन बैंकः १ अर्ब ६८ करोड ४ लाख रुपैयाँ
२०. सनराइज बैंक : १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ
२१. कृषि विकास बैंकः १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ
Commercial Bank Profit in Million | |||
Bank | FY 2079-80 Eleven Month (2080 Jesth) | FY 2078-79 Eleven Month (2079 Jesth) | Change% |
NBL | 3,076.24 | 2,915.85 | 5.50 |
RBBL | 4,473.44 | 3,920.96 | 14.09 |
NABIL* | 7,113.58 | 5,620.21 | 26.57 |
NIMB* | 4,765.12 | 5,798.88 | (17.83) |
SCB | 3,113.98 | 1,930.70 | 61.29 |
HBL* | 3,298.96 | 3,202.48 | 3.01 |
SBI | 2,091.76 | 1,429.75 | 46.30 |
EBL | 3,066.27 | 2,243.14 | 36.70 |
NICA | 4,631.04 | 4,593.64 | 0.81 |
MBL | 1,681.15 | 1,948.73 | (13.73) |
KBL* | 2,958.43 | 4,357.13 | (32.10) |
LBL | 1,688.84 | 1,433.61 | 17.80 |
SBL | 2,225.78 | 2,821.29 | (21.11) |
ADBL | 1,563.90 | 2,141.70 | (26.98) |
GBIME* | 6,506.31 | 6,108.48 | 6.51 |
CZBIL | 1,680.41 | 2,015.32 | (16.62) |
PCBL | 3,216.41 | 3,544.23 | (9.25) |
SRBL | 1,598.69 | 1,734.94 | (7.85) |
NMB | 3,327.28 | 3,343.57 | (0.49) |
PRVU* | 2,895.21 | 2,946.48 | (1.74) |
SANIMA | 2,258.72 | 2,025.94 | 11.49 |
Total | 67,231.51 | 66,077.05 | 1.75 |
विदेशी स्वामित्व रहेका बैंकहरुको नाफा वृद्धिदर धेरै
चालु आवको एघार महीनालाई समीक्षा गर्दा विदेशी स्वामित्वमा सञ्चालित बै.कहको नाफा वृद्धिदर अन्य बैंकहरुको तुलनामा धेरै देखिएको छ । चालु आवको ११ महीनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो जेठेको तुलनामा सर्वाधिक ६१.२९ प्रतिशतले नाफा बढाएको छ । यस्तै नेपाल एसबिआई बैंक ४६.३० र एरभेष्ट बैंकले ३६.७० प्रतिशतले नाफा बढाएको छ ।
नाफा कमाउने बैंकमा पहिलो नम्बरमा रहेको नबिल बैंकले २६.५७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७९ असारमा नेपाल बंगलादेश बैंक प्राप्ती गरेकाे नबिल चौथौ ठूलो प्रतिशतले नाफा बढाउन सफल भएकाे छ । यस्तै लक्ष्मी बैंकले १७.८० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १४.०९ प्रतिशत, सानिमा बैंक ११.४९ प्रतिशत,बैंक अफ काठमाण्डूसँग मर्जर गरेकाे ग्लोबल आइएमई बैंकले ६.५१ प्रतिशत, नेपाल बैंककाे ५.५० प्रतिशत, सिभिल बैंकलाइ प्राप्ती गरेकाे हिमालयन बैंकले ३.०१ प्रतिशत र एनआईसी एशिया बैंकको नाफा जेठसम्म ०.८१ प्रतिशतले वृद्धि भएको छ ।
दश बैंकको नाफा अघिल्लो जेठभन्दा घट्यो
चालु आवको ११ महीनाको नाफा अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा १० बैंकको नाफा घटेको देखिएको छ । हाल विग मर्जरबाट भएर विलय भएका ६ बैंकको २०८० को जेठको नाफा र अघिल्लो आवमा दुबै बैंकले कमाएको नाफालाई एकीकृत रुपमा प्रस्तुत गरिँदा यस्तो देखिएको हो ।
समीक्षा अवधिमा एनसीसी बैंक गाभेको कुमारी बैंकको नाफा अघिल्लो जेठको तुलनामा सर्वाधिक ३२.१० प्रतिशतले घटेको छ । यस्तै कृषि विकास बैंकको नाफा अघिल्लो जेठभन्दा २६.९८ प्रतिशत, सिद्धार्थ बैंकको २१.११ प्रतिशत, मेगा बैंकसँग मर्जर भइ बनेकाे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.८२ प्रतिशत, सिटिजन बैंकको १६.६२ प्रतिशत, माछापुच्छ्रे बैंकको १३.७३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९.२५ प्रतिशत, सनराइज बैंक ७.८५ प्रतिशत, सेञ्चुरी प्राप्ती गरेकाे प्रभु बैंकको १.७४ प्रतिशत र एनएमबि बैंकको सबैभन्दा कम ०.४९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
प्रतिक्रिया