सोह्र हजारमा ६४ जीबी स्टोरेज भएको रियलमीको नार्जो एन ५३


रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा प्रभावशाली सदस्यको रुपमा थपिएको छ । जेन एन प्रयोगकतालाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ ।

एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ ।

यो संयोजनले एफिसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सकिने छ । ६४ जीबी एलपिडिडिआर ४ एक्स -याम भएकोले नार्जो एन ५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ ।

त्यस्तै यसमा भएको ६४\१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकोले तपाईंले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सकिने छ ।

एन ५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फिहरु लिन सकिनेछ । ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ भने ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।