एनआइसी एसिया बैंक २६ वर्षमा, थप नयाँ उचाईमा पुर्याउने अठोट

0
Shares

एनआइसी एसिया बैंक २६ वर्षमा पुगेको छ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरू भएको बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको बताएको छ ।

‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औं वार्षिकोत्सव मनाउन गइरहेका छौ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित अनुकरणीय बैंकिङ् सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।

बैंकले यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ ।

नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौ । बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।