माछापुच्छ्रे बैंकको क्यूआरमा अब भ्वाइस बक्स प्रविधिमा पनि

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधि पनि सुरु गरेको छ ।  डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रेले हाल नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा सुरु गरेको हो ।

साउन ५ गतेदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।  अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने बैंकले जानकारी दिएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरु माझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा कम्पनीले गरेको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट हजाराैं साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएको केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास लिएका छौं ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने कम्पनीले जानकारी गराएको छ ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको जनाइएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्र्माट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढि रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।