आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १६ पैसा र बिक्री दर ८८ रुपैयाँ ५६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँमा ८० पैसामा कारबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८८ र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा छ भने बिक्री दर १० रुपैयाँ २३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।