इन्धनको अभाव छैन : श्रीलङ्का


श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलङ्कासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएका छन् । राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिए ।

श्रीलङ्कासँग ३५ हजार ४०२ मेट्रिक टन ओक्टेन ९२, पाँच हजार ३६७ मेट्रिक टन अक्टेन ९५ पेट्रोल र ३० हजार १७३ मेट्रिक टन जेट इन्धन मौज्दात रहेको उक्त अवसरमा उनले बताए ।

श्रीलङ्काले आगामी महिना पुनः सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको छ, जुन यस वर्षको तेस्रो वृद्धि हो । विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।