मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसामा कारबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८२ र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्री दर १० रुपैयाँ २४ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।