सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले टेक राज निरौलाको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । इच्छुक आवेदकले आज साउन ९ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ ।
सेयरको न्युनतम बिक्री मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीको आवेदन नआएमा मात्र शेयरधनी भन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया