ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड सहयोग

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ग्रामीण क्षेत्रमा आँखाको चेकजाँच तथा उपचारको पहुँच वृद्धिका लागि दुई संस्थालाई एक अर्ब नेपाली रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सहयोगका रुपमा उपलब्ध गराएको उक्त रकम तिलगंगा आँखा प्रतिष्ठानले सञ्चालन गर्दै आएको नेपाल आइ (आँखा) प्रोग्राम र मित्र समाजले सञ्चालन गर्दै आएका निशुल्क आँखा उपचार शिविर सञ्चालनमा प्रयोग हुनेछ ।

बैंकले तिलगंगा आँखा प्रतिष्ठानलाई ४७ लाख ९० हजार ८६६ हजार सहयोग गरेको छ । सो रकमबाट प्रतिष्ठानले पर्सा जिल्लाको निचुता गाउँमा सामुदायिक आखाँ उपचार केन्द्र स्थापना गर्ने भएको छ । जसले त्यस क्षेत्रका मानिसहरुमा मोतीविन्दु, जलविन्दु लगायतका अन्धोपन गराउने सम्भावित कारणहरुको परीक्षणमा सहयोग पुग्नेछ । यस आयोजना मार्फत ७ हजार मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने आकलन गरिएको छ ।

यस्तै बैंकले मित्र समाजलाई ६७ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । सो रकम मित्र समाजले सञ्चालनमा ल्याएको मोतीविन्द् अन्धोपना उन्मूलन परियोजनामा प्रयोग हुनेछ । जसअन्तर्गत मित्र समाजले दुर्गम क्षेत्रमा अन्धोपना गराउने सम्भावित कारणहरुको पहिचान गरी, परामर्श तथा उपचार, मोतीविन्दु पहिचान, त्यसको उपचार लगायतका सेवा सु्विधाहरु प्रदान गर्दै आएको छ । यस सहयोगबाट ८ हजार मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

अन्धोपनाका सम्भावित कारणहरुको बारेमा समयमा पहिचान गर्न सकेमा अन्धोपना हुँदैन भन्ने विश्वासका साथ आँखा उपचारको पहुँच नभएको क्षेत्रमा मित्र समाज र तिलगंगा आखाँ संस्थानसँगको सहकार्यमा काम गर्न पाउँदा आफू खुशी रहेको र स्टयाण्र्डड चाटर्ड बैंकले आगामी दिनमा समेत समाजको हित हुने काम गर्ने कर्पोरेट अफेयर्स, ब्रान्ड तथा मार्केटिङ प्रमुख हर्ष पिल्लाईले बताए ।

 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।