प्रथम बीमाशुल्क घट्दा जीवन बीमा व्यवसाय २.६४% मात्र बढ्यो, १ खर्ब ४२ अर्ब माथि बीमाशुल्क संकलन

0
Shares

नेपालमा सञ्चालित चौध जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा २०७९/८० मा नवीकरण बीमाशुल्क १४.३२ प्रतिशतले बढेको भएपनि प्रथम बीमाशुल्क २४.७२ प्रतिशतले घटेपछि समग्र जीवन बीमा कम्पनीहरुले संकलन गर्ने बीमाशुल्कमा त्यसको असर देखिएको हो ।

गत आवमा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क रकम ९७ अर्ब १९ करोड ३४ लाख ६९ हजार रहेकोमा गत आवमा १ खर्ब ११ अर्ब १० करोड ७४ लाख १ हजार रुपैयाँ पुगेको छ । उता प्रथम बीमाशुल्क रकम ४१ अर्ब ४४ करोड ७० लाख ४१ हजारबाट घटेर ३१ अर्ब २० करोड ७२ हजार रुपैयाँमा झरेको छ । गत आवमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्क १.१३ देखि ५०.३८ प्रतिशतसम्मले घटेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आव २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा समग्र जीवन बीमा व्यवसाय २.६४ प्रतिशत (३ अर्ब ६६ करोड ६९ लाख ६४ हजार रुपैयाँ) ले मात्र बढेको हो । आव २०७८/७९ मा १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । मर्जरका कारण पछिल्लो एक वर्षमा पाँच जीवन बीमा कम्पनीको अस्तित्व समाप्त भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त आव २०७९/८० को तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योन्स पहिलो नम्बरमा रहेको छ । कम्पनीले सबैभन्दा धेरै ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क (कुल बीमाशुल्कको २६.१२ प्रतिशत) संकलन गर्दै शीर्ष स्थानमा छ । दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १७ अर्ब ४६ करोड १४ लाख ५० हजार रुपैयाँ (कुल बीमाशुल्कको १२.२७ प्रतिशत) बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले १६ अर्ब ४१ करोड ६९ लाख ४९ हजार रुपैयाँ (कुल बीमाशुल्कको ११.५४ प्रतिशत) संकलन गरेको छ । तीन कम्पनी (प्राइम, युनियन र गुराँस) मर्ज भएपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क १४ अर्ब ९४ करोड ३६ करोड ८२ लाख रुपैयाँ (कुल बीमाशुल्कको १०.५० प्रतिशत) पुगेको छ ।

यस्तै गत आवमा सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख १८ हजार रुपैयाँ (कुल बीमाशुल्कको ६.१९ प्रतिशत) प्रिमियम कलेक्सन गरेको छ । यसैगरी राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख ७२ हजार रुपैयाँ (कुल बीमाशुल्कको ५.८४ प्रतिशत), एशियन लाइफले ७ अर्ब १ करोड ४६ लाख ३७ हजार रुपैयाँ (कुल बीमाशुल्कको ४.९३ प्रतिशत), सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख २६ हजार रुपैयाँ (कुल बीमाशुल्कको ४.१४ प्रतिशत), सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख ८९ हजार रुपैयाँ (कुल बीमाशुल्कको ३.९६ प्रतिशत), मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख ९९ हजार रुपैयाँ (कुल बीमाशुल्कको ३.७० प्रतिशत) कुल बीमाशुल्क उठाएको छ ।

गत आवमा आइएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब १८ करोड ६३ लाख १५ हजार रुपैयाँ (कुल बीमाशुल्कको २.९४ प्रतिशत) संकलन गर्दा रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख ७६ हजार रुपैयाँ (कुल बीमाशुल्कको २.६७ प्रतिशत), सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख ३३ हजार (कुल बीमाशुल्कको २.६४ प्रतिशत) रुपैयाँ संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा अन्तिम चौधौं नम्बरमा रहेको छ ।

गत आवमा प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६५ करोड ६५ लाख ५१ हजार रुपैयाँ (कुल बीमाशुल्कको २.५७ प्रतिशत) बीमाशुल्क संकलन गरेको छ । जसमा प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख २४ हजार रुपैयाँ प्रिमियम कलेक्सन गर्दा महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । दुई कम्पनीले गत असार २९ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।

Gross Premium Of All  Life Insurance Company (Rs ‘000)
Nonlife Insurance FY 2079-80 FY 2078-79 Different %
IME Life Insurance Company Limited 37166537 35383635 5.04
National Life Insurance Company Limited 17461450 18223248 -4.18
Sun Nepal Life Insurance Company Limited  16416949 14339697 14.49
Citizen Life Insurance Company Limited 14943682 15606587 -4.25
Nepal Life Insurance Company Limited 8812718 8804288 0.10
Sanima Reliance Life Insurance Limited 8309872 8476374 -1.96
Asian Life Insurance Company Limited 7014637 6876304 2.01
Metlife – Insurance Company Limited 5894526 5430523 8.54
SuryaJyoti Life Insurance Company Limited 5636085 5438322 3.64
Rastriya Beema Sansthan 5262239 5231604 0.59
Reliable Nepal Life Insurance Limited 4186315 3539926 18.26
Life Insurance Corporation Nepal Limited 3794976 3949456 -3.91
Himalayan Life Insurance Limited 3750533 3360981 11.59
Prabhu Mahalaxmi Life Insurance Company Limited 3656551 3979514 -8.12
Total 142307070 138640459 2.64

नौ कम्पनीको कूल बीमा शुल्क बढ्यो, पाँचको घट्यो

प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९ जीवन बीमा कम्पनीले बीमाशुल्क संकलन वृद्धि गरेका छन् भने पाँच कम्पनीको घटेको छ ।

कूल बीमा शुल्क रकम वृद्धिका आधारमा आइएमई लाइफले सर्वाधिक बढाउँदा उत्कृष्ट व्यवसाय विस्तार गर्नेमा दोस्रो स्थानमा नेशनल लाइफ र तेस्रो स्थानमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस्तै सिटिजन लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स र एशियन लाइफको पनि बीमाशुल्क बढेको छ ।

वित्तीय विवरण अनुसार आइएमई लाइफ इन्स्योरेन्सले आव २०७९/८० को तुलनामा सबैभन्दा धेरै १८.२६ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेको हो । यस्तै नेशनल लाइफले १४.४९ प्रतिशत, सन नेपाल लाइफको ११.५९ प्रतिशत, सिटिजन लाइफको ८.५४ प्रतिशत, नेपाल लाइफको ५.०४ प्रतिशतले कुल बीमाशुल्क संकलन बढेको छ ।

यस्तै अघिल्लो आवको तुलनामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३.६४ प्रतिशतले कुल बीमाशुल्क संकलन रकम बढाउँदा, एशियन लाइफले २.०१ प्रतिशत, मेट लाइफले ०.५९ प्रतिशत र सूर्याज्योति लाइफले सबैभन्दा कम ०.१० प्रतिशतले बीमाशुल्क वृद्धि गरेको छ ।

गत आवमा ९ वटा कम्पनीको कूल बीमा शुल्क वृद्धि गर्दा पाँच कम्पनीको घटेको छ । प्रभु महालक्ष्मी लाइफको सर्वाधिक ८.१२ प्रतिशतले कुल बीमाशुल्क संकलन रकम घट्दा हिमालयन लाइफको ४.२५ प्रतिशत, एलआईसी नेपालको ४.१८, रिलायबल नेपाल लाइफको ३.९१ प्रतिशत र राष्ट्रिय बीमा संस्थानले १.९६ प्रतिशतले अघिल्लो आवका तुलनामा गत आवमा आफ्नो व्यवसाय हिस्सा गुमाएको हो ।

Gross Premium Of All  Life Insurance Company (Rs ‘000)
Nonlife Insurance FY 2079-80 FY 2078-79 Different %
IME Life Insurance Company Limited 4186315 3539926 18.26
National Life Insurance Company Limited 16416949 14339697 14.49
Sun Nepal Life Insurance Company Limited  3750533 3360981 11.59
Citizen Life Insurance Company Limited 5894526 5430523 8.54
Nepal Life Insurance Company Limited 37166537 35383635 5.04
Sanima Reliance Life Insurance Limited 5636085 5438322 3.64
Asian Life Insurance Company Limited 7014637 6876304 2.01
Metlife – Insurance Company Limited 5262239 5231604 0.59
SuryaJyoti Life Insurance Company Limited 8812718 8804288 0.10
Rastriya Beema Sansthan 8309872 8476374 -1.96
Reliable Nepal Life Insurance Limited 3794976 3949456 -3.91
Life Insurance Corporation Nepal Limited 17461450 18223248 -4.18
Himalayan Life Insurance Limited 14943682 15606587 -4.25
Prabhu Mahalaxmi Life Insurance Company Limited 3656551 3979514 -8.12
Total 142307070 138640459 2.64
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।