बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४३ पैसा र बिक्री दर ८८ रुपैयाँ ८४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसामा कारबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६५ पैसा र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८५ र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्री दर १० रुपैयाँ २८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।