सुनको भाउ दुई दिनमा ७ सयले बढ्यो, बुधबार तोलाको कति ?


सुनको भाउ दुई दिनमा ७ सय रुपैयाँले बढेको छ । मंगलबार २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले बढेको हो ।

बुधबार सुनको भाउ १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ रहेको थियो ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो १४ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६३ दशमलव ४८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।