शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८९ रुपैयाँ ३३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसामा कारबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९३ पैसा र बिक्री दर २९ रुपैयाँ ०६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८७ र बिक्री दर ३५ रुपैयाँ ०३ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।