आइतबार बढ्यो सुनको भाउ


साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ तोलाको ३ सय रुपैयाँले बढेको छ । शुक्रबार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज ३ सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ रहेको थियो । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदी शुक्रबार १४ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५९ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।