कुथेली बुखरीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोपावरले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै हाइड्रोपावर कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायत कार्यहरू एनएमबि क्यापिटल बालुवाटार मार्फत हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँड पश्चात सेयर सूचीकरण हुने प्रक्रियामा छ । साउन ७ गते बाँडफाँड भएको कम्पनीको आईपीओ गोलाप्रथाबाट १० हजार ११५ जना आवेदकले प्राप्त गरेका थिए । तीमध्ये भाग्यमानी एक जनाले कम्पनीको थप एक कित्ता सेयर सहित कुल ११ कित्ता सेयर प्राप्त गरेका थिए ।

कम्पनीले गत असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका माग परेको थियो । जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको थियो भने १ हजार १६३ आवेदन रद्द भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।