हुलास स्टील ईण्डष्ट्रिजद्वारा रक्तदान र आर्थिक सहयोग प्रदान


हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले विभिन्न कार्यक्रम गरी “हुलास स्टिल दिवस” मनाएको छ । कम्पनीले काठमाण्डौं स्थित करपोरेट कार्यालयमा, सिमरा स्थित कारखाना र हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी मनाएको हो ।

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड, सिमरा, बाराले उद्योगका संस्थापक एवम् संचालक स्व.दिवाकर गोल्छाको ७० औं जन्मजयन्तीको अवसर पारेर रक्तदान एवम् आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले उक्त कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको काठमाण्डौ स्थित कार्यालय गोल्छा हाउस, गणबहाल मा गरिएको रक्तदानमा २४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, उद्योगको सिमरा स्थित काराखानामा गरिएको रक्तदानमा १५८ जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै हिप्को ईन्फ्रा प्रा. लि., बेल्वा, बीरगंजमा ३७ जना भन्दा बढीले रक्तदान गरेका छन् ।

साथै, सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुको संरक्षण लगायत विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । दिवाकर गोल्छा फाउन्डेसन ले खासगरी सीप मूलक शिक्षा र समतामूलक समाजको विकास, वातावरण संरक्षण, दैविप्रकोप ब्यवस्थापनबाट सुरक्षित रहन उत्प्रेरित गर्ने अभिप्रायले कार्य गर्ने उद्देश्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ साउन २०८०, सोमबार  ११ : ४० बजे