एनएलजी इन्स्योरेन्सको ६६% प्रतिशत हकप्रद अनुमोदन

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा (एसजीएम) बाट चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको छ ।

सोमबार आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १० सेयर बराबर ६.६ सेयरको अनुपातमा हकप्रद जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बीमा क्षेत्रको नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीले हकप्रद जारी गर्ने सभाबाट निर्णय भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८-७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई कूल २ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९-८० मा २ अर्ब १५ करोड रुपैयाँको कूल दाबी भुक्तानी गरेको छ । जुन गत वर्ष २०७८।०७९ मा १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको कूल दाबी भुक्तानी गतवर्ष भन्दा रकममा २१ करोड तथा प्रतिशतमा १०.८३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।