हिमालयन लघुवितको खुद नाफा ७८.५० प्रतिशतले घट्यो

0
Shares

हिमालयन लघुवित्त वित्तीय संस्था (साविक सिभिल लघुवित्त) ले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा १ करोड ५३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा ७ करोड १४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएकोे थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ७८.५० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब १७ करोड सापटी लिएर गरेर ४ अर्ब ४३ करोड ५६ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा लघुवित्तले २६ करोड ८० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी असार मसान्तसम्म लघुवित्तले २० करोड २३ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

खराब कर्जा वापत १ करोड ३२ लाख रुपैयाँ जोखिम व्यवस्थापन गरेको लघुवित्तको सञ्चालन नाफा २ करोड १९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा १० करोड ४९ लाख ७ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ घटर ४ रुपैयाँ ८१ पैसामा झरेको छ । लघुवित्तको जगेडा कोष १७.४२ प्रतिशत बढेर ८८ लाख ४५ हजार रुपैयाँ सञ्चित भएको छ । लघुवित्तको रिटेन्ड अर्निङ अघिल्लो आवमा ३ करोड ६८ लाख रहेकोमा ६० लाख ९८ हजारमा खुम्चिएको छ । यससँगै गत आवको नाफाबाट लघुवित्तले सेयरधनीलाई २ प्रतिशत हाराहारीमा मात्र लाभांश वितरण गर्नसक्ने क्षमता छ । यद्यपी कम्पनीसँग रहेको ४ करोड ५५ लाख सेयर प्रिमियमबाट बोनस बाँड्नसक्ने अवस्था भने छ ।

लघुवित्तको प्रति सेयर नेटवर्थ १३४.८५ रुपैयाँ, प्रति सेयर सम्पतीको मुल्य १ हजार ४९० रुपैयाँ, कस्ट अफ फन्ड ११.४३, आधारदर १८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात प्रतिसेयर १५६.७६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।