मंगलबार सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढेको छ । सोमबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज ४ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ १ लाख १३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ रहेको थियो । साथै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १४ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी सोमबार १४ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५९ दशमलव ८२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया