नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ११ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०६ पैसा र बिक्री दर २९ रुपैयाँ २० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ १६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्री दर १० रुपैयाँ २५ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया