प्रभु बैंकले भि.जि. इम्पेक्सका विद्युतीय सवारी खरिदका लागि सस्तो कर्जा दिने


प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र भि.जि. इम्पेक्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स प्रा.लि. बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।