नेप्से बुधबार ९.२५ अंकले बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कमाए ?

0
Shares

साता कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचाङ्क नेप्से सूचकांक ९.२५ अंकले बढेको छ । नेप्से सामान्य सुधार आएपनि बजारमा लगानीकर्ताको उपस्थिति नदेखिँदा कारोबार रकम पौने २ अर्बमै रहेको छ ।

बुधबार नेप्से ९.२५ अंकले बढेर २०८६ दशमलव ८४ को विन्दुृमा बन्द भएको छ ।यस्तै ठूला कम्पनीको कारोबारमापम सेन्सेटिभ इन्डेक्स १.५६ अंकले बढेर ३९८.२८ बिन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ९३ लाख ६१ हजार७८६ कित्ता सेयर किनबेच हुँदा कारोबार १ अर्ब ८१ करोड २४ लाख ७३ हजारमा समेटिएको छ ।

आज कारोबारमा आएका १३ मध्ये दश उपसूचकहरुमा बढेको छ भने ३ उपसूचक घटेको छ । फाइनान्स सर्वाधिक १.६९ प्रतिशतले बढेको बजारमा होटल तथा पर्यटनमुलक १.४० र विकास बैंक १.०१ प्रतिशतले बढेको छ । लघुवित्त सर्वाधिक ०.२८ प्रतिशतले घटेको बजारमा हाइड्रोपावर ०.२४ प्रतिशत र ब्यापार ०.०६ प्रतिशतले घटेको छ ।

बुधबार शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । सिमेन्टसको सेयरमा लगानीकर्ताको आकर्षण कायमै रहँदा ११ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सानिमा बैंकको संस्थापक सेयर ८ करोड ९० लाख, प्रोगेशिभ फाइनान्स ६ करोड ९१ लाख, अपर तामाकोशीको ५ करोड ९१ लाख र सोल्टी होटलको ५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन प्राइम कर्मसीयल बैंक, माछापुच्छे बैंक, हिमलायन लाइफ, एभरेष्ट बैंक र कुमारी बैंकको शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

आज आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य सर्वाधिक ४.१४ प्रतिशतले बढेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य ४.०३ प्रतिशत, सिद्धार्थ इक्वीटी फन्डको ३.८९, सिंगटी हाइड्रोपावरको ३.८९ र सयपत्री हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य ३.८५ प्रतिशतले बढेको छ ।

उता प्रभु स्मार्ट लघुवित्तको इकाईमूल्यमा नकारात्मक सर्किट लागेर ८ रुपैयाँ ३७ पैसामा झरेको छ । एनआईबिएल समृद्धि फन्ड २ को इकाईमूल्य ४.५८ प्रतिशत, सुपर मादी ४.०५, सामुदायिक लघुवित्त ३.८३ र मल्टिपपर्स फाइनान्सको सेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ ।

बुधबारको बजारपछि कुल बजार पुँजीकरण ३० खर्ब ६७ अर्ब २२ करोड २४ लाख १० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।