मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा १५ प्रतिशत छुट


मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर मा विशेष छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

व्यवसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरका विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।