लाभांश सिजनमै छैन सेयर बजारमा रौनक

0
Shares

यो वर्ष लाभांश सिजनमा नै सेयर बजारमा रौनक हराएको छ । एकाघ म्युचअल फन्डले लाभांश वितरणको प्रस्ताव गरिसकेको भएपनि लाभांशमा आधारित लगानी बढ्न नसक्दा सेयर बजारमा चमक छाउन सकेको छैन ।

साना लगानीकर्तालाई केही राहत दिएको राष्ट्र बैंक मौद्रिक नीति मार्फत ठूला लगानीकर्तामैत्री बन्न नसक्दा बजार लाभांश सिजनमा नै सुस्त देखिएको हो । यसले मौद्रिक नीति पछि बजारमा सूचक निरन्तर घटिरहेको छ भने कारोबार रकम समेत २ अर्बभन्दा तल रहेको देखिन्छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से ३ अंक बढेर बिहीबार २०८९.८४ विन्दुमा पुगेको छ । त्यसैगरी, ठूला कम्पनीको कारोबार मापम सेन्सेटिभ इण्डेक्स १.२५ अंक बढेर ३९९.५४ बिन्दुमा अडिएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा बढेको छ भने ५ वटा घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको यस दिनको बजारमा फाइनान्स सर्वाधिक १.५२ प्रतिशत घटेको हो ।

आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसदिन २६२ स्टकको ५१ लाख ३० हजार ५२० कित्ता सेयर ४० हजार ७७४ पटकको संख्यामा कारोबार भएको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से ९.२५ अंक बढेर १ अर्ब ८१ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।

शिवम् सिमेन्ट्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । सिमेन्टको ९ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सिईडिबी हाइड्रोपावरको ५ करोड ५४ लाख, आइसिएफसि फाइनान्सको ५ करोड ३ लाख, प्रोगेशिभफाइनान्स ५ करोड र नेपाm रि इन्स्योरेन्सको ४ करोड ९४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य ७.८८ प्रतिशत, अभियान लघुवित्तको सेयर मूल्य ७.२३ प्रतिशत र सिईडिबी हाइड्रोपावरको ६.४४ प्रतिशतले मूल्य बढेको छ ।

दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा बढेपनि आज ोग्रेशिभ फाइनान्सको लगानीकर्ताले सर्वाधिक ५.१९ प्रतिशतका दरले गुमाएका छन् । गणपति लघुवित्त, कामना सेवा विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ को मूल्य ३.९५ प्रतिशत र गुडविल फाइनान्सको सेयरधनीले ३.८५ प्रतिशतले गुमाएका छन् ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३० खर्ब ७१ अर्ब ६४ करोड २८ लाख ६२ हजार रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।