सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक अफर


सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई फुडमाण्डुमा क्यासब्याक अफरको व्यवस्था गरेको छ । बैंकले डिजिटल भुक्तानीको प्रोत्साहन गर्न क्यासब्याक अफरको व्यवस्था ल्याएको हो ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट\क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमामा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले QR कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सयसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३ सयसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३ सयसम्मको क्यासब्याक पाउन सकिने छ । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना साउन २० गतेदेखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।