हाथवे इन्भेष्टमेन्टको आईपीओः भाग्यमानीले २० कित्ता हात पार्ने

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ५० रुपैयाँका दरमा जारी गरेको सेयर भाग्यमानी आवेदकले २० कित्ता हात पार्ने देखिएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन साउन १८ गते बिहीबारसम्म २७ हजार ७८७ वटा आवेदन मार्फत १४ लाख ८७ हजार १८० कित्ताको खरिद माग परेको हो । सर्वसाधारणमा माग भएको सेयर संख्याको ५.०८ गुणा माग परेपछि कम्पनीको सेयर २० कित्ता सेयर पाउन भाग्यमानी नै बन्नुपर्ने देखिएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुले कम्तिमा २० कित्ता बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार भाग्यमानी १४ हजार ६२५ आवेदकले गोलाप्रथाबाट २० कित्ताका दरले हात पार्नेछन् । प्रारम्भिक तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओमा आवेदन गरेको १३ हजार १६२ जनाको हात खाली हुनेछ ।

हाथवे इन्भेष्टमेन्टले साउन ४ गतेदेखि १८ गतेसम्म अंकित मूल्य ५० रुपैयाँ दरमा १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता देखि अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आइपीओ निष्कासको अनुमति पाएको हो । अब दोस्रो चरणमा सर्वसाधारणमा २६ लाख ३२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

हाल संस्थापक तर्फबाट चुक्ता भएको पुँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड कायम हुनेछ ।

*धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ५० रुपैयाँ अंकित मूल्यको सेयर न्यूनतम २० कित्ता बाँडफाँड हुनुपर्ने व्यवस्था रहेकोमा यसअघि प्रकाशित यसै समाचारमा एक सय रुपैयाँ अंकित दरमा सरह मानी बाँडफाँड हुने उल्लेख गरिएकोमा अन्यथा भई सच्चाईएको छ –सं

माथिल्लो मैलुङ्गखोलामा २८ हजार बढी आवेदन, सेयर पाउन भाग्य भराेसा !

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओमा २८ हजार ७७६ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन साउन १८ गते बिहीबारसम्म २८ हजार ७७६ वटा आवेदन मार्फत ६ लाख ८४ हजार ५८० कित्ता सेयर माग भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १५ हजार आवेदनकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् । प्रारम्भिक तथ्याङ्कलाई आधार मान्दा बाँकी १३ हजार ७७६ जनाको हात भने खाली हुने देखिन्छ ।

कम्पनीले साउन ४ देखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुका लागि सर्वसाधारणमा जारी हुने १५ लाख कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था थियो ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १३ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने छ । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । आईपीओ जारीपछि चुक्ता पुँजी १ अर्ब पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।