साताको पहिलो कारोबार दिन सुनको भाउ बढ्यो


साताको पहिलो कारोबार दिन आज आइतबार छापावाला सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । शुक्रबार स्थिर रहेको सुनको भाउ आज भने ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाला सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँमा कायम भएको छ । शुक्रबार स्थिर रहेको चाँदी आज पनि सोही भाउमा कारोबार भएको हो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४२ दशमलव ८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ६३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ साउन २०८०, आइतबार  १० : ४१ बजे