एघार वाणिज्य बैंकको इपीएस २० रुपैयाँ माथि, एनआईसी एशियाको सर्वाधिक

0
Shares

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वार्षिक प्रति सेयर आम्दानी (इपीएस) ७ रुपैयाँ ४६ पैसादेखि अधिकतम ४० रुपैयाँ २२ पैसासम्म कायम भएको छ । वाणिज्य बैंकहरुको खुद नाफा २४.९३ प्रतिशतले बढेर ७० अर्ब १७ करोड ५८ लाख १८ हजार रुपैयाँ पुगेसँगै इपीएस पनि सुधारिएको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये विगत दुई वर्ष लाभांश वितरण नगरेको एनआईसी एशियाको सर्वाधिक ४० रुपैयाँ २२ पैसा कायम हुँदा मर्जरको सिनर्जी ल्याउन नसकेको कुमारी बैंकको सबैभन्दा कम ७ रुपैयाँ ४६ पैसा मात्र छ ।

गत आव २०७९।८० को अपरिष्कृत वित्तीय विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ रुपैयाँ ३९ पैसा, राष्ट्रिय वाणिज्य बैंकको ३३ रुपैयाँ ९६ पैसा, एभरेष्ट बैंकको ३१ रुपैयाँ ७२ पैसा, नबिल बैंकको २७ रुपैयाँ ६२ पैसा, नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, सानिमा बैंकको २१ रुपैयाँ २ पैसा, दोस्रो धेरै नाफाकमाएको ग्लोबल आइएमई बैंकको २० रुपैयाँ ७७ पैसा र कृषि विकास बैंकको २० रुपैयाँ ६२ पैसा निर्धारण भएको छ ।

यसबीचमा ८ वटा वाणिज्य बैंकको दश रुपैयाँदेखि २० रुपैयाँसम्म इपीएस कायम भएको छ । गत आवमा लक्ष्मी सनराइज बैंकको इपीएस १९ रुपैयाँ ४४ पैसा, हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा, माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ५ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ७ पैसा, सिटिजन बैंकको १५ रुपैयाँ ५९ पैसा, प्रभु बैंकको १२ रुपैयाँ र प्राइम कमर्सियल बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

अघिल्लो आवमा वाणिज्य बैंकको इपीएस औसतमा १९ रुपैयाँ ७६ पैसा रहेकोमा २ रुपैयाँ २१ पैसाले वृद्धि हुँदै २१ रुपैयाँ ९७ पैसा कायम भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।