नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई र सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि लघुवित्तले ५० प्रतिशत बोनस सेयर र करिब सहित २३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न अनुमति दिएपछि लघुवित्तले नियामकीय प्रावधानभन्दा कम लाभांश वितरण गर्न अनुमति प्रदान गर्न राष्ट्र बैंकले स्वीकृति दिएको भन्दै रुष्ट बनेको थियो । राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने भन्दै नेष्डो अदालत पुगेको थियो ।

हाल भने राष्ट्र बैंकद्वारा स्वीकृत १७.९३ प्रतिशत लाभांशले विद्यमान विषम परिस्थितिमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने भएकोले हाल करसहित १५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने लघुवित्तले जनाएको छ ।

राष्ट्र बैंकको स्वीकृत भई र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।