सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०३ पैसा र बिक्री दर २९ रुपैयाँ १७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २५ पैसा र बिक्री दर ३५ रुपैयाँ ४१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ साउन २०८०, सोमबार  ०५ : ५६ बजे