बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०२ पैसा र बिक्री दर ८६ रुपैयाँ ४१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८६ पैसा र बिक्री दर २८ रुपैयाँ ९९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २५ पैसा र बिक्री दर ३५ रुपैयाँ ४१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ साउन २०८०, बुधबार  ०६ : २९ बजे