नेपाल टेलिकमले भन्यो – यी नम्बरका रिचार्ज कार्ड खरिद नगर्नु


नेपाल टेलिकमले ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड खरिद नगर्न आग्रह गरेको छ । काठमाण्डौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड हराएको भन्दै उक्त नम्बरको रिचार्ज कार्ड खरिद बिक्री नगर्न आग्रह गरेको हो ।

टेलिकमको वायरलेस सेवा निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएका हुन् । करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

माथि उल्लेखित सिरियल नम्बर भएका रिचार्ज कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन पनि निर्देशनालयले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।