अमेरिकी डलरको भाउ घट्यो


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २१ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ ३५ पैसा र बिक्री दर १६९ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९२ पैसा र बिक्री दर २९ रुपैयाँ ०५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २४ पैसा र बिक्री दर ३५ रुपैयाँ ४० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ११ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ साउन २०८०, बिहीबार  ०६ : २९ बजे