सुनको घट्ने क्रम रोकिएन, चाँदीमा पनि गिरावट कायमै


साउन २१ गतेबाट सुनको भाउमा लगातार गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घट्दा नेपाली बजारमा पनि त्यसको असर देखिन थालेको हो । आज बिहीबार छापावाला सुन १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

साउन २१ गते सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । त्यसको भोलीपल्ट अर्थात साउन २२ गते १ सय रुपैयाँ घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम थियो ।

यस्तै साउन २३ गते ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको सुन हिजो साउन २४ गते १ सय रुपैयाँ घटेको थियो ।
आज सुनको भाउ ७ सय रुपैयाँले घटेको हो । हिजो छापावाला सुन १ लाख १२ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । हिजो १३ सय ९० रुपैयाँ रहेको चाँदी आज १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१७ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न 

प्रकाशित मिति: २५ साउन २०८०, बिहीबार  १० : ५१ बजे