लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको प्रतिफल पाउने अन्तिम दिन कहिले ?


लक्ष्मी क्यापिटलले व्यवस्थापन गरेका लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले नगद प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेका ।

लक्ष्मी सनराइज बैंकद्धारा प्रर्वद्धित तथा लक्ष्मी क्यापिटलको व्यवस्थापनका सञ्चालित लक्ष्मी म्युचुअल फण्ड अन्तरगतका दुवै कोषले साउन ३२ गते सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएका हुन् । यस अनुसार दुवै फण्डका साउन ३१ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले प्रस्ताव गरेको प्रतिफल पाउने छन् ।

लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना इकाईधनीलाई कर समेत ९.५ प्रतिशत तथा लक्ष्मी इक्वीटी फण्डले ८ प्रतिशत नगद प्रतिफल वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।