रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि


रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको ग्राहक संख्यालाई ध्यानमा राख्दै गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेको बताए । रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकको विश्वासलाई झल्काएको बताए ।

रियलमीले कम मूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।