नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा


सन् १९९४ मा स्थापित बिश्व प्रसिद्ध व्हिस्की ब्रान्ड सिग्नेचरका दुई व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् ।

नेपाल लिकर्सले नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई व्हिस्कीलाई बजारमा भित्राएको हो । नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस मध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की , सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का, ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन् ।

केहि समय अघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ । यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो । हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।